दमक नगर बाल सञ्जालकाे ‘बाल कला उत्सव’ सम्पन्न

0
262

 दमक /  राष्ट्रिय बाल दिवसका अवसरमा गते दमक नगरपालिका दुर्गा मन्दिरको सभाहलमा बाल कला उत्सवको औपचारिक समापन समारोह सञ्चालन गरी पुरस्कार वितरण लगायत कार्यक्रमसँगै बाल कला उत्सव सम्पन्न  भएकाे छ  ।

 

‘सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने राष्ट्रिय नारासाथ आज मनाइएको राष्ट्रिय बाल दिवस २०७८ का अवसरमा दमकमा दमक नगरपालिका र नगर बाल सञ्जाल दमकको आयोजना र क्यारितास नेपालको सहकार्यमा बाल चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफ, कथा र कविता प्रतियोगिताहरु समेटीएको बाल कला उत्सव सञ्चालन गरिएको थियो । कोभिड १९ को महामारीलाई ध्यानमा राखी कार्यक्रमको प्रतियोगितालाई अनलाइन र भौतिक उपस्थितिमा गर्नेगरि दुई चरणमा बाढिएको थियो जसमा भाद्र १२ मै गुगल फारम सार्वजनिक गरी सहभागीता आह्वान गरिएको थियो । सहभागीले उक्त फारम भरी आफ्नो सहभागीता सुनिश्चित गर्नु पर्दथ्यो र आफ्नो कलाको भिडियो तथा फोटो खिचि भाद्र २२ सम्म पठाउनु पर्ने थियो, उक्त पहिलो चरणबाट सबै विधामा गरी करिब १४५ जनाको सहभागिता थियो ।

अनलाइनमा आएका प्रतियोगिीबाट दोस्रो चरणका लागि निश्चित प्र्रतियोगी छनोट गरी भौतिक उपस्थितिमा भाद्र २५ गते कथा र कविता, भाद्र २६ गते वक्तृत्वकला र चित्रकला र भाद्र २७ गते हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको छ ।
आज प्रतियोगिताको दोस्रो चरणमा सहभागी हुने बालबालिका तथा प्रथम, द्वितिय र तृतिय तथा सान्तवना स्थान प्राप्त गर्न सफल बालबालिकालाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख गीता अधिकारीले गर्नुभएको थियो साथै शिक्षा शाखा प्रमुख उपसचिव दिनेशकुमार न्यौपाने, इलाका प्रहरी कार्यालय प्रमुख, कारितास नेपालका शाखा प्रमुख, नगरपालिका कर्मचारी, नगर बाल सञ्जाल पदाधिकारी, बालबालिका, अभिभावक सहित करिब १७० जनाको सहभागीता रहेको थियो ।

उपप्रमुख गीता अधिकारीले नगर बाल सञ्जालका पदाधिकारी यो वर्षको बाल दिवस यसरी मनाउँ भन्ने प्रस्ताव ल्याउनुभयो र हामीले छलफल गरेर यस्तो कार्यक्रम निर्माण गयौं भन्दै यो कार्यक्रम सफल बनाउन भुमिका निर्वाह गर्ने कर्मचारीहरु साथै नगर बाल सञ्जालका पदाधिकारीलाई धन्यवाद  ब्यक्त गरेकि  थिइन । सँगै उनले दमक नगरपालिका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको र सिफ्ट वा अन्य माध्यमबाट कक्षा सञ्चालन गराउने गरि तयारी गर्दै गरिएको समेत जानकारी गराइन् ।

उपसचिव दिनेशकुमार न्यौपानेले बालबालिकामा अन्तरनिहित प्रतिभालाई अगाडि बढाउन सबैले मिलेर काम गर्नुपर्ने र त्यसमा अभिभावकले हौसाल दिने र विद्यालयले त्यसलाई नियमित रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।

कोभिड १९ का कारण बालबालिका घरभित्र भएको साथै बाल कलासँग सम्बन्धीत कार्यहरु नभएको अवस्थामा बाल दिवसलाई अवसर बनाई बालबालिकालाई आफ्नो कला प्रस्तुत गराउन एवं हौसला प्रदान गर्दै उनिहरुको क्षमता विकासको लक्ष्य लिई यो विशेष कार्यक्रम सञ्चालन गरिएको हो ।

वक्तृतवकला प्रतियोगिता
आधारभुत र माध्यमिक दुई तहमा सञ्चालित वक्तृतवकला प्रतियोगिताको निर्णायकमा शंखर चापागाईँ (धनकुटे कान्छा) र मच्छिन्द्र याख्खा रहेका थिए । आधारभुत तहमा प्रथम, द्वितिय, तृतिय र सान्वना स्थान क्रमशः साइमोना कोइराला, केनिशा सुवेदि, सुरुचि चौधरी र साइमिका कोइरालाले प्राप्त गरै त्यस्तै माध्यमिक तहमा क्रमशः मनालि सेडाईँ, दिक्षा वाग्ले, वर्षात सिटौला र राम कु. क्षेत्रीले प्रथम, द्वितिय, तृतिय र सान्वना स्थान हासिल गरेका छन् ।

चित्रकला प्रतियोगिता
आधारभुत र माध्यमिक दुई तहमा सञ्चालित चित्रकला प्रतियोगिताको निर्णायकमा अभिषेक दास र गोपाल निरौला रहेका थिए । आधारभुत तहमा प्रथम, द्वितिय र तृतिय स्थान क्रमशः विपना पाल, बुद्धश्री बमजन र प्रज्वल घिमिरेले प्राप्त गरै त्यस्तै माध्यमिक तहमा क्रमशः आकाशदिप श्रेष्ठ, समिर कार्की र विनय लुईटेलले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् ।

कविता प्रतियोगिता
खुल्ला अर्थात दमकका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि सञ्चालन गरिएको कविता प्रतियोगिताको निर्णायकमा शिव रेग्मी र विन्दु दाहाल रहेका थिए । प्रतियोगितामा क्रमशः प्रिपेश श्रेष्ठ, प्रिन्सिका भट्टराई र रिया आचार्यले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् ।

कथा प्रतियोगिता
दमकका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि खुल्ला रुपमा सञ्चालन गरिएको कथा प्रतियोगिताको निर्णायकमा धनन्जय वाँस्कोटा र बाला भट्टराई रहेका थिए । प्रतियोगितामा क्रमशः सन्ध्या शर्मा, रोश्ना श्रेष्ठ र स्वेशा दुलालले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् ।

हाजिरीजवाफ प्रतियोगिता
दमक भित्रका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि खुल्ला रुपमा सञ्चालन गरिएको कथा प्रतियोगिता सुरुमा अनलाइन जुममा जोइन भएर गुगल फारम मार्फत र पुनः भौतिक उपस्थितिमा प्रतियोगिता गराइएको थियो जसमा क्रमशः साइमन खड्का, अशिमबाबु श्रेष्ठ र स्मारिका कोइरालाले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here