जहाँ नेपाली पुगेको त्यहाँ एमाले : ओली

0
143

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापामा निकै हौसिएर भाषणा गरे । झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले एमाले नभएको ठाउँ नै देखाएनन् । मतलब हर ठाउँमा एमाले । धनीदेखि गरिब ठाउँमा एमाले ।

उनले सुरुमा झापाको परिचय दिए । जहाँबाट उनले राजनीति सुरु गरेका थिए । त्यसपछि झापा देश परिवर्तन गर्ने जिल्ला भएको, २०२६ सालको झापा आन्दोलन, २०२७ सालको जेल जीवन र त्यसपछिका सफलता र असफलताका क्षणबारे ओलीले सम्झिए ।

अनि सुरु भयो उनको भाषणा । उनले एमाले कहाँ छैन भन्दा पनि सबै ठाउँमा एमाले नै एमाले भएको सुनाए । कार्यक्रममा हाँसो पनि सुनिन्थ्यो, ओलीले भाषण गर्दा । ओली झन् भाषण दिइरहेको देखिन्थे- एमाले नै एमाले भनेर ।

ओलीले त्यसपछि भने-

जहाँ नेपाली त्यहाँ एमाले, विदेशमा पनि जहाँ नेपाली त्यहाँ एमाले । जहाँ नेपाली पुगेको त्यहाँ एमाले पुगेको छ । खेतमा एमाले, बारीमा एमाले, कारखानामा एमाले, व्यापारमा एमाले, चिया पसलमा एमाले, क्याफेमा एमाले, कफि पसलमा एमाले, होटेलमा एमाले, पुल बनाउने ठाउँमा एमाले, ह्वाई मैदान बनाउने ठाउँमा एमाले, सुरुङ खन्ने ठाउँमा एमाले, परेड खेल्ने ठाउँमा एमाले, हरेक ठाउँमा एमाले ।

पढ्ने ठाउँमा एमाले, पढाउने ठाउँमा एमाले, कित्ता नाप्ने ठाउँमा एमाले, इन्जिनियरिङ क्षेत्रमा एमाले, अस्पतालमा एमाले, बिरामी नाप्ने एमाले, विश्वविद्यालयमा एमाले । तपाई विदेश जानुभएको छ वा पुग्नुहुन्छ भने सोध्नुस्– तपाई कुन जिल्लाबाट आउनुभएको ? उस्ले कुनै एउटा जिल्ला बताउँछ र कुन पार्टीको हनुहुन्छ भनेर साध्नुहुन्छ भने एमाले ।

आज हामी त्यस्तो पार्टी निर्माण गरेका छौँ र दुनियाँका प्रतिक्रिया शक्तिहरुको मुटु हल्लाइदिएका छौँ । आज नेकपा एमाले फुटाउन यत्तिकै प्रयास भएको छैन । हाम्रा साथीहरुले एमाले फुटाउनुहुन्छ ? माधव नेपालले पार्टी बनाएका छन् ? छैनन् । बनाउँदैनन् र बन्दैन पनि । त्यो नक्कली पार्टी हो । एमाले कमजोर पार्न तमासा गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here