थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु

0
167

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

१४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

त्यस्तै १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here