नेपाली कांग्रेसमा युवा पुस्ताको चासो र आकांक्षालाई यतिबेला निक्कै महत्वसाथ हेरिएको छ । १९ बर्षको उमेरमा पार्टीको वडा सभापति भएकादेखि ठाउँ ठाउँमा तरुण÷बिद्यार्थीहरु पार्टीको नेतृत्व चयनमा अग्रपत्तिंmमा आउनुका पछाडी केही खास कारणहरु छन । पहिलो कुरा कांग्रेस लोकतान्त्रिक पार्टी भइकन पनि आफैंमा भने अलोकतान्त्रिक शैलीबाट चलेको भनेर लाग्दै आएको आरोपमा केही सत्यता पनि छ ।
पार्टीलाई विधि विधान र सामान्य प्रकृयागत रुपमा अघि बढाउनुको सट्टा केन्द्र तहदेखिनै अलोकतान्त्रिक शैली अपनाएका उदाहरण धेरै छन । भातृ संघहरु भनेका पार्टीका विभिन्न अंगहरु हुन । जसरी एउटा जिवित मान्छेले आफनो नियमित कृयाकलाप सञ्चालन गर्न शरिरका सबै अंगहरुले चुस्त दुरुस्त र सहज रुपमा काम गर्नुपर्ने हुन्छ ठिक त्यसरीनै पार्टीलाई गतिशिल बनाउन त्यसरीनै भातृ संघहरुको परिचालन हुन अनिवार्य छ । विडम्बना नेपाली कांग्रेसका भातृ संस्थाहरु तदर्थको भरमा चलेको बर्षौ बितिसक्यो । नेविसंघ, तरुण दल, किसान संघ, महिला संघ जस्ता महत्वपूर्ण भातृ संघहरु बर्षौ बर्ष सम्म तदर्थको भरमा चलेका कारण ठुलो युवा पुस्ता लामो समयदेखि जिम्मेवारीबिहिन अवस्थामा छ ।
जिम्मेवारीबिहिन कार्यकर्ता कांग्रेसको यो १४ औं महाधिवेशनको प्रकृया शुरु भइरहँदा बैधानिक रुपमा संगठनको जिम्मेवारी सम्हाल्न आतुर भएको परिदृश्य हामीले अहिले देखिरहेका छौं । कांग्रेस महाधिवेशन असन्तुष्टी पोख्ने मात्रै होइन अवसर लिने मात्रै होइन जिम्मेवारी लिने समय पनि हो भन्ने बुझाई ठुलो हिस्सामा तरुण बिद्यार्थीहरुमा पर्न गएको बुझिन्छ । यसलाई सकारात्मक रुपमा लिदँै पार्टीले आगामी रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । महाधिवेशनका सन्दर्भमा अहिले पार्टी भित्रका नेता कार्यकर्ताहरुलाई लिएर अनेकन टिका टिप्पणीहरु बाहिर आइरहेका छन । यसलाई स्वभाविक रुपमा लिन सकिन्छ । त्यसो भन्दैमा यहाँ पार्टी भित्रका आन्तरिक बहसका बिषयहरुलाई बजारमा सामाजिक सञ्जालहरुमा एकोहोरो रुपमा पोख्नु भनेको पार्टीको भविष्यमाथि आघात पुरयाउनु हो । राष्ट्रिय राजनीतिमा होस वा स्थानीय तहमा पार्टी कहाँ चुक्यो ? कहाँ राम्रो भुमिका खेलियो ? पार्टीका आन्तरिक समस्या कति हल भए कति भएनन ? भयो किन ? भएन किन ? यि यावत बिषयहरुमाथि गम्भिर बहस र छलफलको लागि पनि हो महाधिवेशन । महाधिवेशन भन्ने नयाँ नेतृत्व चयनको बिषय पनि आउँछ । तर महाधिवेशन त्यति मात्रै होइन भन्ने कांग्रेस र कांग्रेसजनले महसुस गर्न नसकिरहेको हो कि भन्ने अनुभूति यतिबेला भइरहेको छ ।
कांग्रेसले लोकतन्त्र प्राप्ति पछिका बर्षहरुको मात्रै कुरा गर्ने हो भने पनि आधा आधि समय सत्ता वा सरकारको स्वाद लिन भ्याएको छ । राजनीतिक दलको अन्तिम उद्धेश्य सत्ता वा सरकार प्राप्ती मात्रै हो त ? कांग्रेसले यसबीचमा सिद्धान्त मिल्नेसंग मात्रै होइन विपरित ध्रुवका कम्युनिष्टहरुको बुइ चढेर मात्रै पटक पटक गरेको सत्तारोहण कांग्रेसका केही नेतृत्व पक्तिं र तिनका आसेपासे बाहेकका लागि कति फाइदाजनक भयो ? सत्तारोहण मात्रै कांग्रेसको उद्धेश्य हो त ? नागरिकहरुका आम सरोकार र जनजिविकाका सवालमा निर्वाह गर्नुपर्ने भुमिका गर्न नसक्दाको परिणाम कांग्रेसले ४ बर्ष अघिको स्थानीय तहदेखि केन्द्र तह सम्मका निर्वाचनहरुमा अधिकतम स्थानमा हार ब्यहोर्नु पर्यो । सत्ताकै लागि कहिले कम्युनिष्टको बुइ चढने÷चढाउने अनि कहिले दरबारीयाहरुको हर्षोल्लासको हिस्सेदार बन्ने श्रृखंलाले कांग्रेसलाई उभो लगाउन सक्दैन । कांग्रेस आफैं बहुमत प्राप्त सरकार निर्माणको लक्ष्यमा किन बारबार असफल हुन्छ ? कांग्रेस भित्रै खोज्नु र सोच्नु पर्ने बेला पनि हो महाधिवेशन । केपी र वीपि नछुटयाउने कांग्रेस प्रवृत्तिले कांग्रेसलाई लक्ष्य प्राप्तीको बाटोमा डोहोरयाउन सक्दैन कसै न कसैको बैशाखी टेकेको भरमा मात्रै हिंडने कांग्रेस होइन आफैं हिंडन सक्ने र आफैं देश चलाएर जनतालाई परिवर्तनको अनूभुति दिलाउने कांग्रेस अहिलको आवश्यकता हो । पटक पटक नेतृत्वको दाबी गरेर अवसरको ढोका कुरेर कांग्रेसलाई बनाउन सकिन्न । त्याग र समर्पणसहित पार्टी र देशका निम्ति योगदान गर्न सक्ने नेतृत्वको आवश्यकता छ ।