बाल आश्रममा लगातार ३ सय दिन खाना खुवाउँदै लायन्स क्लब

0
163

दमक / झापा दमकका चार लायन्य क्लबहरु मिलेर हाम्रो बाल आश्रममा आज देखि ३ सय दिन निरन्तर खाना खुवाउने भएका छन् ।

दमकमा सामाजिक रूपमा सक्रिय रहेका लायन्स क्लबहरु लायन्स क्लव माउन्ट एभरेस्ट, युनाइटेड,डायनामिक,मधुमल्ला, लियो क्लव अफ दमक युनाइटेडले संयुक्त रूपमा दमक २ मा रहेको हाम्रो बाल आश्रममा ३ सय दिन लगातार खाना खुवाउने लागिएको आज आश्रममा एक कार्यक्रम गरी उक्त कुराको जानकारी गराइएको हो ।

दमकमा रहेका क्लबहरुले संयुक्त रूपमा विभिन्न सामाजिक काम गर्दै आएकोमा यसपटक बाल आश्रममा खाना खुवाउन लागिएको कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब माउन्ट एभरेष्टका अध्यक्ष तुलसी दंगालले बताए । कार्यक्रमको प्रमुख अतिथि गवर्नर एड अजय अग्रवाल रहेका थिए भने वषेश अतिथि जाेन चियर पर्सन तुलसि राम तिम्सिना, एड्भाईजर सन्दिप बस्नेत, लायन्स क्लब अफ दमक डाईनामिकका अध्यक्ष बुद्धि सागर बराल, लायन्स क्लव अफ दमक युनाईटेडका प्रथम उपाध्यक्ष बिबेक श्रेष्ठ, लायन्स क्लव अफ मधुमल्लाका सचिव सन्ताेस गाैतम साथै लायन्स क्लबका सदस्य लियाे क्लब अफ दमकका सदस्य तथा हाम्रो बाल आश्रमका सचिव तथा लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठ। लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आजकै दिन जन्मदिन परेका लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठलाई सबैले शुभकामना दिएका थिए । विगत ४ बर्ष देखि सञ्चालनमा आएको उक्त बाल आश्रममा १० जना बालबालिका बस्दै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here