कमेडी च्याम्पियनका भरतमणी झापाली लाइ हसाउदै, लागे ताप्लेजुङ्ग (भिडियाे सहीत )

0
245

झापा  । देशमै चर्चाको रुपमा रहेको रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को फाईनलमा पुगेका पूर्वेली ठिटो भरतमणी पौडेल भोट माग्ने क्रममा देशका विभिन्न स्थान हुदै आज झापाबाट आफ्नो गृह जिल्लातर्फ  लागेका छन् ।

आज विहान ९ बजे भद्रपुर विमान स्थल हुदै गृह जिल्ला ताप्लेजुङ जानेक्रममा झापाली समर्थकहरुले स्कटिङ गरेर विर्तामोड सम्म ल्याएका थिए । भरतमणीलाई जिताउनको लागि झापाली युवाहरुले बिर्तामोडमा एक औपचारिक कार्यक्रम गरेर भोट मागेका थिए ।

कार्यक्रममा कमेडी च्याम्पियन प्रतियोगी पौडेलले आज सम्म नेपाली दर्शकहरुको हौसला र समर्थनका कारण आफू कमेडी च्याम्पियको फाईनल सम्म आई पुगेको र अब निर्णायको घडी आएकोले सबैले भोट गरेर जिताई दिन अपील गरेका छन् । उनलाइ पाैडेल युवा मन्च दमक,  ताप्लेजुङ्ग दमक सम्पर्क मन्च लागायतका सस्थाहरूले भाेटका लागि अभियान चलाइ रहेका छन् ।

कार्यक्रमकै समयमा पत्ररकारहरु संग भएको छोटो कुराकानीमा पौडेलले भने ‘मेरो सपना भनेको कमेडीको माध्यमबाट देशको पर्यटन क्षेत्रको प्रचार र प्रवर्धनमा योगदान दिने छ, मैदे देखेको सपना पुरा गरिदिन दर्शक शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।’

ताप्लेजुङको दुखु भन्ने ठाउँमा सामान्य परिवारमा जन्मेका पौडेल सानै उमेरदेखि हसाउने काममा सक्रिय बन्दै आएका थिए । रेडियो, सडक, विद्यालय र महोत्सव अनि समारोहको मञ्चमा हास्यव्यङ गर्दै आएका भरतमणीलाई निर्णाक र दर्शकले हास्य व्यंग्यको मणीको उपाधी दिई सकेका छन् ।

उनलाइ झापामा यसरी स्वागत गरिएकाे थियाे 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here