‘सभापतिका लागि मेरो दावी स्वभाविक हो’ पुस्ता हस्तान्तरण आवश्यक छ – प्रकाशमान सिंह (अन्तर्वार्ता)

0
391

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको राजनीतिक दलविभाजन सम्बन्धी अध्यादेशको बचाउ गरेका छन्

ईमेज टेलिभिजनको कार्यक्रम हटसिटमा कुराकानी गर्दै नेता सिंहले सैद्वान्तिक रूपमा अध्यादेश ल्याउनु गलत भए पनि अहिलेको प्रतिकुल अवस्थामा संसद् जोगाउनका लागि अध्यादेश ल्याउनैपर्ने बाध्यता रहेको बताए ।

यस्तै नेता सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिका लागि आफू दाबेदार रहेको बताउए । सभापतिमा आफ्नो दाबेदारी रहे पनि सहमति र समझदारीका आधारमा पार्टीलाई गति दिने पक्षमा आफू रहेको उनको भनाइ छ ।

‘सभापतिका लागि मेरो दावी स्वभाविक हो,’ उनले भने, ‘यद्यपि उपसभापति विमलेन्द्र निधि र शंसाक कोइरालासँग छलफल भइरहेको छ, तीनमध्ये एक जना सभापति उठ्ने सहमति गरेर अगाडि बढ्ने सम्भावना छ ।’

नेता सिंहले अब सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्ता हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिए । पार्टी अहिलेको अस्थीर अवस्थामा आउनुमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको ठूलो हात रहेको भन्दै अब देउवा र पौडेलले सभापतिमा लोभ नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

सभापति देउवाको असक्षमताका कारण पार्टीमा अहिलेको स्थिति सिर्जना भएको भन्दै सिंहले देउवा १३औं महाधिवेसनको असफल सभापति भएको जिकीर गरे ।

नेता सिंहले पार्टीमा आफूलाई बाबु गणेशमान सिंहसँग जोडेर केही गर्ने नसकेको लाञ्छना लाग्ने गरेको गुनासो गर्दै आफ्नो तर्फबाट सक्ने र हुने जति देश, जनता र पार्टीका लागि गरिरहेको बताए  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here