खोपमाथीको राजनीति

0
343

 दमक / कोभिड १९ विरुद्धको खोपका लागि विश्वभरका सबै मुलुकहरू दौडधुप गरिरहेका छन् सबै राष्ट्रहरू कसरी आफ्ना नागरिकलाई छिटो भन्दा छिटो खोप लगाउन सकिन्छ भन्ने रणनीतिमा छन् । खोप उत्पादक राष्ट्रहरू खोप अनुदान, साहायताको माध्यमबाट आफ्नो कुटनीतिक सम्बन्ध र छविलाई उच्च बनाउन पनि खोजिरहेका छन् ।

नेपालमा पनि यस्तै खोपमाथीको राजनीति देखा पर्न थालेको छ, देउवाले प्रधानमन्त्री नियक्त हुने वित्तिकै चैतिभत्र सबै नागरिकलाई खोप लगाउने निर्णय गर्नु, खोप केन्द्रहरूको अनुगमन गर्ने जस्ता घटना र पूर्व प्रधानमन्त्री के.पी. ओलिले सिंहदरबार छाड्ने क्रममा खोपमा राजनीति नगर्न साथै आफ्नो कार्यकालमा अएका तथा सुनिश्चित भएका खोपको विवरण पनि सुनाउन भ्याउनुले खोपमाथीको राजनीतिलाई सङ्केत गरेको देखिन्छ ।

पूर्व प्रधानमन्त्री ओलिले सिंहदरबार छाड्नु अघि देशबासीका नाममा गरेको सम्बोधनमा अहिले मुल प्रश्न खोपको अपूर्ति हो, अब कोभिड नियन्त्रणको चरणमा छौं त्यसका लागि हामीले सम्पूर्ण नेपालि जनतालाई खोप लगाउने प्रबन्ध गरेका छौं, खोपको माग र अपूर्ति बिचको असन्तुलन, खोपको असमान वितरण र खोप राष्ट्रवादका असहजताका बिचमा पनि नेपालले कोभिड विरुद्धको खोपलाई तिव्रता दिएको छ, हामी खोप उत्पादक होइनौं तर हामीले छोटो समयमा नै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेका छौं भन्दै सँगै भारतबाट अनुदान ११ लाख, खरिद १० लाख चिनबाट खरिद ४० लाख, अनुदान १८ लाख, नयाँ १६ लाख अनुदान दिने घोषणा, अमेरिकाबाट १५ लाख अनुदान, जापानबाट १६ लाख अनुदान, कोभ्याक्सबाट ३ लाख ४८ हजार आएको, ३ लाख ५० हजार आउँदै गरेको र कोभ्याक्सबाट क्रमश अझै खोपहरू आउने, ठुलो मात्रामा खोप खरिदको टुङ्गो लागेको, सुविधा मुल्यमा खोप प्राप्त हुने, बालबालिकालाई फाइजरको खोप दिन मिल्ने र त्यसको खरिद पक्रिया अगाडि बढेको जस्ता लामा विवरण प्रस्तुत गरे ।

यी विवरणा प्रस्तुत गरिसकेपछि ओलिले भनका थिए हुन त मलाई थाहा छ भरे या भोलि बिहानबाट सुरु हुनेछ, ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौं भनेर तमाशा सुरू हुनेछ मानिलिउँ चट्ट गरेर (चुट्की बजाएर) जादु गरेर चाहिँ उनिहरूले आजै ल्याएका हुन् की खोप जस्तो एउटा प्रचार गर्नेछन् ।
यता प्रधानमन्त्री देउवो भनेः आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकबाट असोज मसान्तभित्र एक तिहाई जनता र चैतभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेका छन् । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले पहिलो निर्णय भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड खोप खरिद गर्न ५ अर्ब बजेट सहमति दिएका छन्, प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने क्रममा प्रतिनिधि सभामा पनि पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप अर्थात् विकास भन्दा नागरिकको जीवनरक्षा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामै नेकपा एमालेका तर्फबाट बोलेका पूर्व परराष्ट्रमन्त्री तथा पार्टीप्रवक्ता प्रदिप ज्ञवलीले १ करोड ६१ लाख मात्रा खोप हाम्रो सरकारले सुनिश्चित गरि सकेको घोषणा समेत गरेका थिए । यसरी खोपको क्रेडिट लिन दैडधुप चलेको छ अर्थात आएका र आउन लागेको खोपमा केहि राजनैतिक रंग पनि थपिएका छन् । अहिले सबैको पहिलो आवश्यकता खोप भएकाले पनि यो खोप हामीले ल्याएका हौं, भन्न हातारो गरिरहेका छन् ।

याे समाग्री प्रदेश अावाजक राम प्रसाद खतिवडाले तयार पारेका हुन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here