नेपाली कांग्रेस दमक नगर सभापतिमा तीन जनाको उम्मेद्वारी, कस्ले मार्ला बाजी ?

0
537

दमक / नेपालीकांग्रेस दमकको नेतृत्वका लागि तीन जनाले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. बिश्वेश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर आज दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी तीनजना आंकाक्षीले सार्वजनिक रुपमा पार्टी सभापतिकोउम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस नगर सभापति रोशन विष्ट, नगर सचिव प्रकाश प्रसाई र नगरका बरिष्ठ सदस्य पर्शुराम रिजालले पार्टीको नगर नेतृत्वमा आ–आफ्नो दावी रहेको घोषणा गरेका छन् ।

आजको कार्यक्रमका सञ्चालक समेत रहेका प्रसाईंले कार्यक्रम समापन गर्न सभापतीलाई बोलाउनु अघि आफ्ना धारणा राख्दै वर्तमान कार्य समितिमा सचिवमा रहेर काम गरेकोले आगामी महाधिवेसनमा नगर सभापतीमा उठ्ने घोषणा गरेका हुन् । पार्टि संगठनलाई मजबुुत बनाउने र दमकमा कांग्रेसलाई पहिलो पार्टि बनाउने आफ्नो उद्देस्य रहने प्रसाईंले बताए। आफुुले घोषणा गरेका वाचा आगामी कार्यकाल सकिनु एक बर्ष अघिनै पुरा गर्ने दावी गर्दै प्रसाईंले भने अनुसार पार्टि संगठन निर्माण गर्न नसके आगामी दिनमा पार्टिको क्रियासिल कार्यकर्ताको रुपमा मात्रै रहेर आफुलाई दिएको जिम्मेवारी पुरा गर्ने बताए ।

बिगतमा बाणिज्य संघ लगायतका संघ संस्थामा रहेर नेतृत्व गरेको अनुभव र पार्टिको नगर सचिवका रुपमा एक कार्यकाल काम गरेको अनुभवले पनि पार्टि संगठन निर्माणमा आफुलाई सहज हुने उनको दाबी रहेको थियो ।

त्यस अघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ठ नगर सदस्य तथा नेपाल बिद्यार्थि संघ झापाका पुर्व सभापती समेत रहेका रिजालले पार्टि संगठनलाई बिधि पद्धतिमा सञ्चालन गर्नको लागी आफ्नो उम्मेद्वारी रहने बताए । अघिल्लो महाधिवेसनमा नगर सभापतीमा थोरै मतले मात्रै नपुगेर आफु उप विजेता बन्नु परेको बताउँदै उनले यस पटक सभापतिमा आफ्नो उम्मेद्वारी स्वभाविक रहेको पनि बताए । आफु सभापति भएमा पार्टिको वडा र टोल सम्मको समितिलाई क्रियासिल बनाई संसदिय निर्वाचनमा पार्टिलाई बिजयी गराउने रिजाले दाबी गरे ।

त्यसैगरी कार्यक्रमका सभापती समेत रहेका नगर सभापती विष्टले कार्यक्रमको समापन गर्दै अघिल्लो कार्यकालमा सुरु गरेका केहि योजना अधुरै रहेकाले पनि थप एक कार्यकाल आफुले नेतृत्व गर्ने ईच्छा रहेको बताए । गत स्थानिय तह निर्वाचनमा भएको पार्टिको पराजयलाई एक व्यक्तिको टाउकामा मात्रै लगाउन नमिल्ने बताउँदै विष्टले त्यस पछि भएका अन्य संघ संस्थाको निर्वाचनमा पार्टिले जितेको कुराहरुको पनि मुल्यांकन हुनु पर्ने बताए । उनले तिनै जनाले आ–आफ्नो उम्मेदवारी घोषणा गर्दे नेतृत्वकालागि सहमति र सहकार्यमा आफू बाधक नभएको समेत स्पष्ट पारे ।

३ हजार २ सय ९९ जना क्रियाशील सदस्य रहेको दमकमा पार्टी नेतृत्वका लागि मुख्य दावेदार तीनजनाले एकै साथ आ–आफनो दावी प्रस्तुत गरेका छन् ।

पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्दशर्माको प्रमुखआतिथ्यतामाभएको कार्यक्रममामहासमिति सदस्य शुरेस सुब्बा, संविधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले विपी कोइरालाको योगदानको बारेमा चर्चा गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here