अदालतलेको निर्णय प्रति झापामा ओली समर्थकको विरोध प्रदर्शन

0
212

दमक । सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि आक्रोशित बनेको प्रधानमन्त्री केपी ओली समर्थकले सोमबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् ।

झापाको दमक, बिर्तामोड लगायतको स्थानमा सर्वाेच्च अदालतको फैसलाप्रति पूर्ण रुपमा विमति जनाउँदै ओलीनिकट राष्ट्रिय युवा संघ नेपाल, विद्यार्थी संगठन अनेरास्ववियुले नाराबाजी गरेका छन् ।

दमकमा भएको बिरोध सभामा बोल्दै राष्ट्रिय युवा संघ झापाका संयोजक शम्भु भण्डारीले भने तत्काल संकटकाल लगाईयोस, देशी बिदेशी सड्यन्त्रमा जे आदेश भएको छ नेपाली युवा यो मान्न तैयार छैनन् । उनले भने नेपाली युवा र नेपाली जनता राजनेता केपि ओलीका पक्षमा छन भन्दै सर्वाेच्च अदालतको फैसलाप्रति पूर्ण रुपमा विमति जनाएका थिए ।

उक्त नाराबाजीमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य दिपेश दाहाल लगायत उलेख्य युवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।  कोरोना संक्रमणको निकै जोखिम मानिएको दमकमा भीड भाड भइरहँदा प्रशासन भने मौन देखिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here