दमकका लायन्स क्लबहरुले गरे १ हप्तामा १ सय ७६ सामाजिक कार्य

0
287

दमक / अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत दमक क्षेत्रमा रहेका बिभिन्न क्लबहरुले एक हप्ताको अवधिमा ४० लाख रुपैयाँ भन्दा धेरैको समाजिक कामहरु गरेको जनाएका छन् ।

दमक क्षेत्र अन्तर्गत रहेका २२ वटा लायन्स क्लबहरुले गत एक हप्ताको अवधिमा यस क्षेत्रमा ४२ लाख रुपैयाँ बराबरका बिभिन्न  १ सय ७६ सामाजिक कार्यक्रमहरु गरेका हुन । दमक आसपासमा रहेका २२ वटा लायन्सहरुको अग्रसरतामा ति कार्यक्रमहरु गरिएको एरिया चिफ ज्ञाननाथ पौडेल ज्ञानुले जानकारी  दिए । दमकमा आज पत्रकार सम्मेलन गर्दै लायन्सको अवधारणा अन्तर्गत दृष्टी, वातावरण, गरिबि न्युनिकरण, रक्तदान र डायबिटिज रोग बिरुद्धका बिभिन्न कार्यक्रमहरु गरिएको उनले बताए ।

जहाँ आवस्यकता त्यहा लायन्स भन्ने नारा सहित स्थापना भएको लायन्स क्लबले रक्तदान, बृक्षारोपण, आँखा जाँच सम्बन्धि निशुल्क शिबिर लगायतका कार्यक्रम गरिएको कार्यक्रमका प्रमुख अतिथि क्यबिनेट ट्रेजरर कमल शाक्यले जानकारी दिए ।

लायन्स ईन्टरनेश्नलको सहयोगबाट पनि यर क्षेत्रमा धेरै कार्यक्रमहरु गरिएको लायन्सका गभर्ननर एड अजय अग्रवालले बताए । आगामी दिनमा प्रकोप व्यवस्थापन, मानविय सेवाका कार्य र युवा लक्षित कार्यक्रमहरु गरिने उनले बताए । उक्त पत्रकार समेलनमा लायन्स लिडर दिवस राइ, पवन अधिकारी, जोन चियर पर्सन तुलसीराम तिम्सिना, रेगिना प्रसाई, काशी खाती, विभिन्न क्लबका सदस्यको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here