जाँगरिला महिला कृषि सहकारी नयाँ कार्यालयमा

0
364

दमक  । झापाको दमक स्थित जाँगरिला महिला कृषि सहकारी सस्थाले आइतबारदेखि नयाँ कार्यालयबाट कारोवार सुरु गरिएको छ ।


कार्यालयको औपचारीक उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले ब्यानर सार्वजनिक गरेर गरेका थिए । दमक नपा ५ स्थित भृकुटी चौकमा सञ्चालन गरिएको नयाँ कार्यालयको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढकालले पछिल्लो समय सहरकारी सस्था सञ्चालनमा बिभिन्न चुनौति आएको बताए ।अहिले धेरै सहरकारीहरु सञ्चालनमा समस्या भएर मर्च हुने क्रम तिब्र रुपमा अघि बढेका छन् । चल्न नसकेका केही सहकारी बन्द गर्ने चरणमा पुगेका जानकारी दिए ।

यो अवस्थामा पनि महिलाले नेतृत्व गरेर सञ्चालन गरेका सहकारी भने धेरै सफल भएका उदाहरण समेत छन् ढकालले भने । कृषि सहकारी भएकाले यहाँ आवद्ध हरेक महिलालाई कृषिसँग सम्बन्धित उद्यमसँग जोडे उद्यमी बनाउने तर्फ कार्यक्रम अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सहकारीको उदेश्य अनुसार सबै सेयर सदस्यको उदेश्य र व्यवहार मिल्न सकेमा लक्ष पुरा हुने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी पूर्व उपाध्यक्ष गीता कुँवर, राष्ट्रिय बाणिज्य संघका दमक नगर अध्यक्ष ध्रुव भट्टराईले शुभकामना दिएका थिए । कार्यक्रमको सहकारीकी अध्यक्ष पार्वता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारीमा लगभग दुइ सय भन्दा बढी सेयर सदस्य रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here