नेपालमा २ हजार ७४५ संक्रमित थपिए, ४ हजार १८७ संक्रमणमुक्त , ४१ जनाको मृत्यु

0
156

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै गत २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here