धितोपत्र बोर्डले निकाल्याे जोखिम युक्त ५१ कम्पनीको सूची

0
207

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अघि बढाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै बोर्डले विभिन्न सूचकका आधारमा ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । ती कम्पनीहरूको भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमासमेत विस्तृत अध्ययन अघि बढाइएको बोर्डले जनाएको छ ।

बोर्डबाट गरिएको प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाका सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक/वितरण लगानीकर्ताहरुलाई जानकारी गराउनका लागि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जोखिम युक्त ५१ कम्पनीको सूची

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here