काेराेना उपचार केन्द्रमा वर्ल्ड लिंककाे फ्रि वाइ फाइ

0
402

झापा /  दमकका बिभिन्न स्थानमा इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकले फ्रि वाइ फाइ जडान गरेकाे छ ।

दमकका काेराेना उपचार केन्द्रहरूमा बिभिन्न संघ सस्थाले अा अाफ्नाे क्षेत्रबाट सहयाेग गरीरहेका बेला वर्ल्डलिंक दमक शाखाले पनि आम्दा अस्पतालमा रहेको कोभिड उपचार केन्द्र र दमक अस्पताल द्वारा संचालित दमक २ बेलडागी मा रहेकाे कोभिड उपचार केन्द्रमा अफिसिएल इन्टरनेट नि–शुल्क जडान गर्नुका साथै अन्य सहयोगहरू पनि गर्दै अाएकाे छ  ।

 बिषेश गरी काेराेना भाइरसकाे संक्रमणका कारण  अस्पताल बसेका बिरामी तथा बिरामी कुरूवाहरू जुन सुकै बेला परीवारकाे सम्पर्कमा रहन  तथा संक्रमणका कारण एक स्थानमा बसेर दिक्क भएका बिरामीहरू लाइ समय ब्यथित गर्न सहजताका लागि उक्त स्थानमा  फ्रि वाइ फाइ जडान गरीएकाे वर्ल्डलिंक दमक शाखाका प्रबन्धक राजन तिम्सिना जानकारी दिए । उनले भने वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले इन्टरनेटको व्यापार मात्र होइन अन्य सामाजिक काममा पनि उतिकै अग्रसर भएर सेवा गर्दै अाएकाे छ ।

दमकका बिभिन्न  १ सय भन्दा बढी स्थानमा  फ्रि वाइ फाइ जडान गरी सकेकाे वर्ल्डलिंकले हर्सकाे नया वर्ष अन्तर्गत जेठ महिना भर लागुहुने गरी  १४  हजार ४ सयमा १२ महिनाकाे लागि ५० एमविपिएस अनलिमिटेड इन्टरनेट र  निशुल्क नेट टिभि साथमा २० हजार बराबरकाे उपहार  याेजना समेत सार्वजनिक गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here