स्वास्थ्यकर्मीले भनेको नमान्दा, स्वाब लिने ठाउँबाटै संक्रमण सर्ने खतरा बढ्यो

0
461

दमक, १ जेठ / झापाको दमकमा नगरपालिकाले गर्ने पिसिआर परीक्षण हप्ताको दुइ दिन मात्र हुने गरेको छ । यसको लागि दमक २ मा रहेको कोविड अस्पतालमा मान्छेहरु भेला हुने गरेका छन् । एउटै लाइनमा बसेर पिसिआरको स्वाब दिँदा त्यहीँ संक्रमण फैलिने खतरा देखिन थालेको छ।

पिसिआरको स्वाब दिन अस्पताल पुगेका मान्छेले नै सामाजिक दूरीको पालना नगर्दा त्यहाँबाटै संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

बिहीबार दमक २ स्थित कोभिड अस्पतालमा यस्तो दृश्य देखिएको हो । स्वाब दिन पुगेकाहरू एक अर्कोसँग टाँसिएर लाइनमा बसेका थिए। दमक नगपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले सामाजिक दूरीको पालना गरी लाइनमा बस्नुहोस् भनी रहेका थिए । लाइनमा बस्नेले उक्त कुराको कुनै वास्तानै नगरेको देखियो । विश्व स्वास्थ्यसंगठनले एक व्यक्ति बाट अर्को व्यक्ति बीच २ मीटर दूरी कायम गर्न भनेको छ ।

लाइनमा संक्रमित भएका वा नभएकाको पहिचान हुँदैन सबै नजिक नजिकै लाइन बसेर स्वाब दिइरहेकाले संक्रमित व्यक्तिबाट अन्यलाई स्वाब दिएकै दिन कोरोना सर्ने सक्ने सम्भावना बढेको देखिन्छ ।

दमकमा नगरपालिकाले मात्र लिएको पिसिआर रिपोर्टको तथ्यांकमा स्वाब लिएकामध्ये आधा भन्दा बढीको रिपोर्ट पोजेटिभ आउने गरेको नगर स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

पिसिआर परीक्षण गर्न जाँदा आफू सजग नहुँदा उक्त दिन सम्म कोरोना पोजेटिभ नभए पनि सोही दिनको हेलचेक्राइले संक्रमण सर्न सक्ने भएकाले पिसिआर परीक्षण गर्न जाँदा आफू सजग रहन आवश्यक देखिएको छ । बिहीबार मात्र ९२ जनाको स्वाब लिइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here