पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

0
182

काठमाडौं, २५ बैशाख  । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि कोमललाई बैशाख २२ गतेदेखि वार्डमा सारिएको हो ।

उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here