दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ

0
409

दमक/ यतिखेर देश नै कोरोना संक्रमणको चपेटमा छ । प्रमुख राजनीतिक दलहरु यतिखेर सत्ताको जोडघटाउनमा रहेकाछन् । राजनीतिक दलहरुको घोषणपत्र र उदेश्यकहरु हेर्ने हो भने जनजिवनलाई सहज बनाउने र जनता केन्द्रित भएर काम गर्ने हो । तर दुर्भाग्य यो भएको छैन । ब्याक्तिगत स्वार्थका कारण राजनीति त लाजनीतिमा परिणत भइसकेको अवस्था छ । यसले गर्दा स्थानीय राजनीतिक दलका नेता होस वा केन्द्रिय खास आस एवं भरोसा गर्ने अवस्था देखिन्न ।

यो कोरोना संक्रमण त्यति सहजै रोकथाम होला भन्ने देखिन्न । झापा सहित दमकमा पछिल्लो समयको कोरोना संक्रमणको दर हेर्ने हो भने अवस्था जटिल बन्दैछ । तर पक्कै पनि स्थिति नियण्त्रण बाहिर छैन यसले गर्दा हतोत्सहि हुनुपर्छ भन्ने छइन र होइन । तर हामी सबैको सामुहिक प्रयास र तयारी भएन भने हामीमाझ भयाभह अवस्था आउन पनि सक्छ । जसले गर्दा समयमा नै हामी एकताबद्ध भएर लागनौ भने हामी सबैको ज्यान जोखिममा छ ।

सर्वप्रथम त हामी पहिला आफु सुरक्षित बनौ । त्यसका लागि आधारभूत स्वास्थ्य मापदण्डको पालना गरौ । निषेधाज्ञा तथा लकडाउनको पूर्ण पालना गरौ र गराउन सहयोग गरौ । दमकको कोभिड उपचार केन्द्रको क्षमता विस्तारसंगै भेन्टिलेटर लगायतको सुविधा थप्नका लागि राज्यसंग जसको पहुँच पुग्छ त्यसका लागि पहल गरौ । सबैतिरबाट सहयोगका लागि सार्वजनिक अपिल गरौ । आखिर राजनीतिक दलहरु एक भएर यसका लागि लाग्ने हो भने असम्भव पक्कै नहोला ।

दमक सहित झापाका ५० बेडभन्दा मथि क्षमता रहेको नीजि अस्पतालहरुले सबैले कोभिड अस्थाई उपचार केन्द्र बनाऔ । जसरी बिएण्डसिले पछिल्लो समयमा झापामा मात्र नभएर नेपालमा नै अनुशरणिय काम गरेको छ । आम्दा अस्पतालले पनि कोरोना संक्रमितको उपचार शुरु गरेको छ । दमकमा पनि एडभान्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको बताएको छ । लाईफलाइन अस्पतालले पनि तयारी गरिरहेको छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिनु पर्छ । स्थानीय सरकारले झनै प्रभावकारी रुपमा समन्वय गर्नु पर्छ ।

दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ । चाहे सरकारी अस्पतालमा होस या सामुदायिक अस्पताल (आम्दा) मा नै किन नहोस । नीजिमा नै पनि किन नगर्ने ? यसमा लायन्स क्लवहरु, रोटरी क्लव, जेसिज लगायत सामाजिक सेवा लाग्ने बताउने सबैले ध्यान दिन जरुरी रहेको छ । मानवीय सेवा नै सर्वोतम सेवा भएकाले कोरोना संक्रमितको जिवन रक्षाका लागि अक्सिजनको अपरिहार्यता पछिल्लो समयमा धेरै नै देखिएको छ । यसका लागि सामुहिक पहल जरुरी छ । कोहि पनि होम आईसुलेसनमा मृत्यु वरण गर्न नपरोस । यसका लागि बढिभन्दा बढि क्षमतामा आईसुलेसन कक्ष, क्वारेन्टाइन र अस्पतालहरुमा अस्थाई बेडहरु भएपनि लगाउन आवश्यक छ ।

काेरोना जाँच ल्याव दमक उद्योग बाणिज्य संघको पहलमा ल्याउन कसरत भएको थियो । त्यसमा स्थानीय सरकारले सञ्चालनका लागि समस्या देखाएका कारण त्यो आउन सकेन । कमसेकम ल्यावका लागि आवश्यक प्राविधिक उपकरण स्वीकार गर्न सकेको थियो भने कोरोना जाँचमा अहिलेको जस्तो ढिलो हुने थिएन । त्यो समयमा जनशक्ति र आवश्यक खर्चको बिषयले गर्दा ल्याव आउन सकेन । यसको केहि चरणको छलफलमा म पनि सहभागि भएकाले मलाई यो बिषयले अहिले पनि घोच्ने गर्छ । दाताले प्राविधिक उपकरणदेखि सबै ब्यवस्थापन गर्नेसके मात्र सम्भव बताएकाले यो हुन सकेन । यो गल्ति अहिले महसुस भएको हुनुपर्छ । संघले यसको समन्वय गर्न प्रकाश प्रशाईलाई जिम्मा दिएको थियो र उनले कोसिस पनि गरेका थिए ।

जसरी सरकारी होस या नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर सेवा गरिरहेकाछन् । यो सम्मानयोग्य छ । उनिहरुको हौसला बढाउन आवश्यक छ । यसमा सबैभन्दा बढि स्थानीय सरकारले सक्रियता जनाउनु पर्छ । मानिस कोरोना संक्रमितको छेउ पर्न जान मान्दैन । तर उनिहरु गएर प्रत्यक्ष सेवा गरिरहेका हुन्छन् । निश्चय पनि कोरोना संक्रमणका विरामीको उपचार केहि महगो हुनेरहेछ यसलाई अस्पतालहरुले लागत मूल्य लिएर अहिले सेवा गर्नु पर्छ । जोसंग आर्थिक हैसियत र साच्चै बिपन्न छ उसलाई निशुल्क उपचार एवं सेवा दिनु पर्दछ ।

कन्ट्याक्ट ट्रेसिङमा भएको कमजोरीका कारण समस्या विकराल बन्ने देखिन्छ । यसमा निक्कै ध्यान जान आवश्यक रहेको छ । अहिलेसम्म प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार नै गम्भिर बन्नुपर्छ । यो स्थानीय सरकार आफैले गर्न सक्दैन । अझ रिर्पोट ढिला आँउनु अर्को समस्या हो । दूइदेखि तीनमा मात्र रिर्पोट आँउदा कोरोना संक्रमणदर झन् बढदो गतिमा छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here