गाइको नब्याएकाे बाछीले आफै दूध दिन थाले पछी कृषक अचम्मित

0
1009

गाेबिन्द ल्वागुन  चुलाचुली । इलामको चुलाचुली गाउपालिका १ कमलमा  दुई बर्षे गाइको बाछीले नब्याइ दूध दिदै आएको पाइएको छ ।

स्थानिय कृषक सन्तोष ओझाको गोठमा पालेको जर्षी जातको गाइको बाछीले आफै दूध दिन थालेको हो । कृषक ओझाका अनुसार उक्त बाछीले १५ दिन अघिबाट अचानक दूध चुहिन थालेपछी आफू आस्चर्यमा परेको र दुध दुहुदा आधा लिटर आएको बताए ।अहिले भने दैनिक साझ बिहान गरेर ३ लिटर दूध आउदै गरेको कृषक ओझाको भनाइ छ ।

बाछीको पहिलो दुध बिगौती नभइ अन्य गाइको सरह  दूध आएको र दूध डेरिमा लागि चेकजाच गर्दा सामान्य रिपोर्ट आए पछि उक्त दूध घरमा खपत हुँदै आएको बताइएको छ ।अहिले उक्त बाछीलाइ हेर्न छिमेकी तथा नजिकैको गाउँ शहर बाट हेर्न आउने मानिसहरुको घुइचो लाग्ने गरेको कृषक ओझाको दाजु गंगा ओझाले जानकारी दिएका छ्न्।

कृषक ओझा बैदेशिक रोजगारीको सिलसिलामा ४ बर्ष मलेसियामा श्रम गरि फर्केका हुन । अहिले कोरोना संक्रमणले विश्व आक्रन्त बनेको बेला गाउमानै केही गर्नु पर्छ भनी स्वदेश फर्केका ओझा अहिले गाउमा कृषि फर्म दर्ता गरि गाइ, भैंसी ,बाख्रा,कुखुरा पालन गर्नुका साथै विभिन्न जातको फलफुल लागएर कृषि कर्ममा लागेका छन  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here