छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

0
248

झापा, २१ बैशाख / झापाको शिवसताक्षी नगरपालिका ८ डुँडामारीका २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनी साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । प्रहरी टोलीले उनको खोजी गर्ने क्रममा राती ७ बजे अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा भेटेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । सो बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ईलाम माइ–जोगमाई गाऊपालिका ५ सोयाङकी ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार राती ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिदा टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी लिम्बुको उपचारका क्रमममा जिल्ला अस्पताल इलाममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here