युवा संघले दियो सुरक्षाकर्मीलाई मास्क, निःशुल्क सवारी सेवा दिन नपाएको गुनासो

0
546

दमक , २० बैशाख / राष्ट्रिय युवा संघ नेपाल झापाले दमकका सडकमा खटिएका सुरक्षकर्मीका लागि २ हजार पिस सर्जिकल मास्क हस्तान्तरण गरेकाे छ ।

विश्वभर फैलिएको काेराेना भाईरसकाे भयावह अवस्थाकाे न्युनिकरणका लागि सरकारले लगाएकाे निषेधाज्ञालाई कार्यनयन गर्न खटिएका सुरक्षा कर्मीहरुका लागि राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य शम्भु भण्डारीले दमक ईलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी नवराज कार्की लाई सर्जिकल मास्क हस्तान्तरण गरेका छन् ।

सो अवसरमा यस्तो विषम अवस्थामा  कुनैपनि राेगले अस्पताल पुग्न नपाएर कसैले ज्यान गुमाउन नपराेस भन्ने उदेश्यले राष्ट्रिय युवा संघ नेपालले झापाका १५ वटै पालिकामा बिरामिका लागि निशुल्क १२ वटा सवारी संचालन गरिएको समेत संघका नेता भण्डारीले बताए । सवारी काे निशुल्क सेवाका लागि नजिकैका राष्ट्रिय युवा संघका प्रतिनिधिहरु संघ सम्पर्क गर्न समेत आग्रह गरेका छन । तर आफुहरुले महामारीमा संचालनमा ल्याउन लागेको निःशुल्क सवारीका लागि पास माग्दा जिल्ला प्रशासनले कुनै चासाे नराखेकाे  भण्डारीले बताएका छन् ।

राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तारा गुरागाइ, नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य शुरज रिङ्गालुङ्, राष्ट्रिय युवा संघ दमक नगर उपाध्यक्ष डेन्जाेङ्ग शेर्पा, दमक ९ का जनप्रतिनिधि समिन रिजालकाे उपस्थितिमा मास्क बितरण गरिएकाे थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here