नेपालमा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

0
209

काठमाडौँ, २० बैशाख /  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here