दमकमा थपिए २७ जना कोरोना सङ्क्रमित, एक वृद्वाको मृत्यु

0
553

दमक, २० बैशाख  । झापाको दमकमा आज थप २७ जना कोरोनाका नयाँ बिरामी थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले दैनिक सार्वजनिक गर्दै आएको सन्क्रमितको तथ्यांकमा ८ महिलासहित कुल २७ नयाँ सङ्क्रमित दमकमा थपिएको उल्लेख छ । आज थपिएकाहरु दमकको वडा नम्बर १, २, ४ र ५ का रहेको उल्लेख छ । हिजो स्वास्थ्य कार्यालयले दमकमा २५ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरेको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाले भने यो समाचार तयार पार्दा सम्म आज नयाँ सङ्क्रमित थपिएको जानकारी नरहेको जनाएको छ । हिजो थपिएका भनिएकासहित दमकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको नगर स्वास्थ्यले जनाएको छ । दमक ५ कि एक बृद्वाको आज बिहान धरानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस अघि उनको ठेगाना दमक २ भएपनि पछिल्लो वास्तविक ठेगाना दमक ५ भएको बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here