दमक बजारमा आकस्मिक अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारवाहीको चेतावनी

0
318

दमक/बजारमा दैनिक उपभोग्य सामाग्री तथा मास्कको कृत्रिम अभाव सिर्जना गरेर चर्को मुल्य बढाएको जनगुनासो पछि दमकमा आज स्थानीय सरकारी अधिकारीहरुको टोलीले आकस्मिक अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा बिहान ९ बजेपछि इलाका प्रशासन कार्यालय दमक, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर, दमक नगरपालिकाको बजार अनुगमन समिति र दमक उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले दमकका ५ वटा ठुला खाद्य गोदाम ÷ किराना तथा डिपार्टमेन्ट र एउटा मास्क उत्पादन कम्पनीमा पुगेर जानकारी लिएको हो । सो क्रममा टोलीले उपलब्ध सामानको भण्डारण, मुल्य सूची , नापतौल तथा गुणस्तर लगायतका बारेमा जानकारी लिएर आवश्यक निर्देशन गरेको हो ।

दमक ९ स्थित ग्रीन नेपाल नामक मास्क उत्पादन गर्ने कारखानामा पुगेर त्यहाँको अवस्था बारेमा जानकारी लिँदै मास्कको आपूर्तिका लागि स्थानीय बजारलाई पहिलो प्राथमिकता दिन निर्देशन गरेको छ । सो कारखानाले दैनिक ५० हजार हाराहारमा मास्क उत्पादन गर्दै आएको तर बजारमा अधिक माग रहेकाले मास्क पाउन पर्खिनु परेको जनाइएको छ ।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय दमकका सूर्यमान बाँनिया, टंक दुलाल, दमक नगरपालिकाका बजार अनुगमन समिति संयोजक भिम प्रसाद पौडेल, घरेलू तथा साना उद्योग कार्यालय भद्रपुरका चन्द्रप्रसाद पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ लगायत सहभागी थिए ।

नगरपालिकाका बजार अनुगमन संयोजक पौडेलले दमक बजारमा रहेका मुख्य होलसेला तथा डिलरहरुमा रहेको खाद्यान्न तथा दैनिक उपभोग्य सामानको भण्डारणको क्षमता, उपलब्ध मात्रा र आपूर्ति भएको सामानको तथ्याङक लिएर कृत्रिम अभावको सम्भावनालाई रोक्ने गृहकार्य भइरहेको बताए । अनावश्यक बजार मुल्य बढाउने व्यवसायी वा उत्पादक कम्पनीमाथि प्रशासन, स्थानीय सरकार र उद्योग वाणिज्य संघको समेत सहमतिमा कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here