एकै दिन नेपालमा थपिए ५ हजार ७ सय २७ कोरोना संक्रमित

0
198

काठमाडौं । नेपालमा कोरोनाबाट एकैदिन ५ हजार ७२७ सय जनामा कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको छ ।

सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

देशभर ३८ हजार ८१३ जना सक्रिया संक्रमित छन् । जसमध्ये ३३१ जना आईसीयूमा रहँदा भेन्टिलेटरमा हुनेको संख्या ११५ छ । ५५ जना देशभर क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here