दमक उद्योग बाणिज्य संघको सुचना

0
668

दमक /  दमक उद्योग बाणिज्य संघले अाफ्नाे मातहतका व्यापार व्यवसाय सम्वन्धि तोकेका मापदण्डहरु पुरा गरेर मात्र व्यपार व्यवसाय संचालन गर्न सुचित गरेकाे छ ।

संघले हाल दमक बजार क्षेत्र भित्र नेपाल सरकारका जिल्ला तथा स्थानिय निकाय बाट नियमति रुपमा बजार अनुगमन गर्ने कार्य भइ रहने भएको हुदा व्यापार व्यवसाय सम्वन्धि तोकेका मापदण्डहरु पुरा गरेर मात्र व्यपार व्यवसाय संचालन गर्न  अनुराेध गरेकाे छ ।

संघले निम्न बमाेजिमका मापदण्डहरु पुरा गरेर मात्र व्यपार व्यवसाय संचालन गर्न सुचित गरेकाे छ ।

१. सवैले देख्ने गरि मुल्या सूची राखौ ।
२. म्याद गुज्रेका समानहरु विक्री वितरण नगरौ ।
३.व्यवसाय संचालनका लागि सम्वन्धित निकायमा दर्ता गरि प्राप्त भएका प्रमाण–पत्रहरु सवैले देख्ने ठाउमा फ्रेमिङ्ग गरि राखौ ।
४.नापतौलका सामाग्रीहरु को इजाजत पत्र लिई तथा नविकरण गरि चुस्त दुरुस्त राखौ ।
५.नेपाल सरकार तथा स्थानिय निकाय लाई बुझाउनु पर्ने कर तथा राजश्व बापतको रकम समयमै दाखिला गरि जरिवाना हुन बाट बचौ ।
६.स्वास्थ्य सम्वन्धि माप दण्डको पुर्णरुपमा पालना गरि व्यपार व्यवसाय संचालन गरौ ।
७.समानहरुको विक्रिी वितरण गर्दा अनिवार्य रुपमा विल विजक जारी गरौ ।
८. सवन्धित निकायमा दर्ता नगरी व्यवसाय संचालन नगरौ ।
९.दमक उद्योग वाणिज्य संघको सदस्यता समयमै नविकरण गरि उपलव्ध हुने सेवा सुविधाको उपभोग गरौ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here