दमक नजिकै खुल्याे रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट

0
472

दमक/झापाको दमक २ का ब्यवसायी रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा  कमल ५ स्थित रतुवापुल नजिकै रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरेका छन ।

त्यहाँको करिब अढाई बिगाहा क्षेत्रफलसहित करिब ५० करोड रुपैयाँको लगानीमा रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन ।

नयाँ बर्ष २०७८ को पहिलो दिन बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको सो रिसोर्टको औपचारिक उदघाटन गर्ने तयारी भने गरिएको छैन ।

औपचारिक उदघाटन नगरी रिसोर्ट सञ्चालनमा भने आउने सञ्चालक कार्कीले बताए । आज ( शनिबार) रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार सो रिसोर्ट भित्र बाल बालिकादेखि बृद्धबृद्धा सम्मका लागि मनोरम दृश्यहरु तथा रोचक र आधुनिक किसिमका खेल खेल्ने सुविधा उपलब्ध हुनेछ ।

त्यहाँको प्रमुख आकर्षकका रुपमा झण्डै एक लाख बोतलको प्रयोगद्धारा निर्माण गरिएको बोतल हाउस रहेको छ । त्यस किसिमको ठुलो र दुई तलाको बोतल हाउस देशका कुनै पनि ठाउँमा नभएको दाबी सञ्चालक कार्कीले गरेका छन । वातावरणीय हिसाबले पनि बोतल हाउस निक्कै मनोरम र स्वास्थ्यवद्र्धक रहेको उनको भनाई छ । त्यस्तै आकर्षक झरना, नेपाली मौलिकता झल्किने र आधुनिक मनोरञ्जनका साधनहरु रिसोर्टमा थप आकर्षणका रुपमा रहेका छन ।

रिसोर्ट सञ्चालनको अवसरमा शुभकामना आदनप्रदानका लागि शुभचिन्तक तथा संगितप्रेमीहरुलाई निमन्त्रणा आव्हान गरिएको कार्कीले बताए । सो रिसोर्टमा १ बैशाखमा चर्चित गायिक इन्दिरा जोशीको प्रस्तुति साथ मनोरञ्जन लिन सकिने जनाइएको छ । त्यस्तै ३ बैशाख र ७ बैशाखमा गायक प्रमोद खरेल, मेलिना राई जस्ता चर्चित राष्ट्रिय कलाकार तथा अन्य दिनहरुमा सात दिन सम्म स्थानीय अन्य कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here