दमकमा बालअधिकार तथा बालमैत्री सम्बन्धी तालिम

0
323

झापा । दमक नगरपलिकाका ५ मा बालअधिकार तथा बालमैत्री अनुशिक्षण कार्यक्रम  सम्पन्न भएको छ ।

दमकका दश वटै वडामा रहेको बाल सञ्जालहरुको नयाँ समिति गठन हुँदै गरेको अवस्थामा  भर्खरै  नव गठित वडा बाल सञ्जाल दमक ५ को नयाँ कार्यसमितिले दमक ५ का सबै विद्यालयका प्रतिनिधिमुलक बालबालिका साथै समुदाय स्तरका बाल क्लवका पदाधिकारीका लागि एक दिने बालअधिकार तथा बालमैत्री अनुशिक्षण कार्यक्रम दमक ५ वडा कार्यालयको सहयोगमा गरिएको छ ।

कार्यक्रममा दमक ५ का वडा अध्यक्ष इन्द्र गुरुङ, दमक नगरपालिकाका लेखा अधिकृत देवि प्रसाद कोइराला, आन्तरिक लेखा परीक्षक योगेश भट्टराई, शिक्षा अधिकृत सोम गुरागाईं, महिला तथा बालबालिका शाखा अधिकृत सरिता भण्डारी, वडा सदस्यहरुको आतिथ्यता रहेको कार्यक्रममा ६० जना बालबालिकाको सहभागिता रहेको थियो ।

तालिमलाई नगर बाल सञ्जाल दमकका सचिव राम प्रसाद खतिवडा र कोषाध्यक्ष गंगा प्रसाद खतिवडाले सहजिकरण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here