नयाँ लुक र फिचर सहित बजाज पल्सर २५० लन्च हुने, यस्तो छ विशेषता

0
196

२४ चैत,नेक्स्ट जेनेरेसन बजाज पल्सर २५० फेब्रुअरीमा परीक्षणको समयमा देखा परेको थियो । रिपोर्ट अनुसार बजाज पल्सर २५० नयाँ लुकको साथमा लन्च हुनेछ ।

बजाजले सो बाइक एनएस मोडलको जस्तो डिजाइन गरेको छ । बाइकको साइज पनि ठूलो रहेको छ । जसले बाइकलाई कम्फर्टेबल बनाएको छ । अटोकार इन्डियाका अनुसार सो बाइकको हेडलाइट र टेललाइट विशेष रहेको छ ।

बजाजले हालसम्म १५० सीसी र २२० सीसीको बाइक निर्माण गरेको छ । नेक्स्ट जेनेरेसन पल्सर २५० बाइकमा २५० सीसी एयर कुल्ड इन्जिन समावेश गरिएको छ, जसले २७ एचपीको पावर र २३.५ एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले सो बाइकमा मोनोसक समावेश गरेको छ । जसलाई सबैभन्दा पहिला नन–एनएस÷एनएस पल्सरमा समावेश गरिएको थियो । सो बाइकमा एलईडी हेडलाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट कल्स्टर उपलब्ध हुनेछ ।

सो बाइकको मूल्य लगभग १ लाख २५ हजार भारु तोकिएको छ । कम्पनीले सो बाइक यो वर्षको फेस्टिभ सिजनमा लन्च गर्ने सम्भावना रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here