भारतमा कोरोना भाइरस संक्रमण तीव्र, ठाउँ ठाउँमा कर्फ्यु

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएसँगै कोरोनाको हटस्पट बनेको महाराष्ट्र राज्यमा आजदेखि रात्रिकालिन समयमा कर्फ्यु लगाइने छ ।

कोरोना नियन्त्रणमा नआए आगामी हप्ताबाट लागु हुने गरी पूर्ण रूपमा लकडाउन लागु हुने भएको छ । भारतमा हिजो एकैदिन थपिएका ९३ हजार संक्रमितमध्ये आधा भन्दा बढी महाराष्ट्रमा रहेको बताइएको छ ।

आजदेखि महाराष्ट्रमा राती आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने नियम लागु गरिएको छ ।

यसअघि महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्दव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको भन्दै देशमा चाँडै नै लकडाउन घोषणा गर्ने जनाउ दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्