प्रथम दमक अन्तर वस्तुगत ब्याडमिन्टन प्रतियोगितामा अटो मोबाइल संघ बिजयी 

0
305

झापा /दमक उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रथम दमक अन्तर वस्तुगत ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

दमक ब्याडमिन्टन खेलबिकाश समितिको कबड हल नयाँ सब्जी बजार भएको खेलमा अटो मोबाइल टिम प्रथम भएको छ भने जुत्ता चप्पल व्यावसायि संघ दोस्रो र मदिरा व्यावसायि संघ तृतिय भएको छ । बिजेता टिमले क्रमश १२ हजार, ८ हजार र ४ हजार सहित ट्रफी प्रमाण प्रत्र प्रधान गरिएको छ

 प्रतियोगितामा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, दमक उधोग बाणिज्य सघं अध्यक्ष गोकुल श्रेष्ठ, ईलाका प्रहरी कार्यलय दमकका डिएस्पी नवराज कार्की र शसस्त्र प्रहरीका पुर्व एस एस पी भारत बाबु कार्की, विभिन्न वस्तुगत संघका प्रतिनधि लगायतको उपस्थिति रहेको थियो ।

 खेल संघको मातहतमा रहेका १० वस्तुगत संघका जम्मा ३१ टीम सहभागी भएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here