प्रदेश १ को बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योल

0
168

विराटनगर, चैत १ । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चतकालका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ बजेका लागि बोलाईएको बैठक सभामुख प्रदिप कुमार भण्डारीले सूचना टाँस गरेर स्थगित गर्नुभएको हो ।

सर्वाेच्चको फैसलापछि नेकपाको तत्कालिन दाहाल नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योलमा परेको छ ।

यसअघि पनि मुख्यमन्त्री राई पक्षले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो ।

फागुन २० का लागि तय भएको प्रदेशसभा बैठक सूचना टाँस गरेर आजका लागि तोकिएको थियो ।

बैठक अबरुद्ध तथा स्थगित हुँदा माघ ७ मा सुरू भएको हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरि माओवादी केन्द्र र एमाले व्यूंत्याइदिए प्रदेश विवाद नयाँ ढंगबाट अघि बढेको छ । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् ।

जसमा एमालेको ५१, कांग्रेसको २१, माओवादी केन्द्रको १६ र जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना सदस्य छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here