मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते

0
237

काठमाडौँ– सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

घाइते दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

‘ठूलो आवज आएपछि हामी त्यस तर्फ जाँदै छौँ,’ प्रमुख राजभण्डारीले भने,‘अहिले केही घाइते हनुभएको जानकारी आएको छ । ’

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here