बालसेवा आधारभुत बिद्यालयले मनायाे ४७ औं बार्षिकउत्सव

0
304

शिबसताक्षी । झापाको शिबसताक्षी ७ स्थित बालसेवा आधारभुत बिद्यालयले आफनो ४७औं बार्षिकउत्सवको अवसरमा अक्षयकोषका छात्रवृत्ति बितरण गरेको छ ।

बिध्यालयको प्रङ्गणमा आयोजित कार्यक्रममा छात्रवृत्ति बितरण गर्नुका साथै बिभित सास्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको छ । गत बर्ष स्थापना भएको स्वर्गीय सुजना सेर्मा स्मृती छात्रवृत्ति अक्षयकोष बाट बिपन्न तथा जेहेनदार ८ जना बिद्यर्थीहरुले जनही २हजार रुपैया र प्रमण पत्र प्राप्त गरे यो छात्रवृत्ति पाउनेमा क्रमश एनि राई , सोनिया बम्रेल ,एस्तर पुरी,अतिथी राई, तारा बिश्ट, स्मृती शेर्मा ,सुस्मिता खड्का र रेवती दहाल रहेका छन ।

यो छात्रवृत्ति स्वर्गीय सुजनाका बुबा भुवनी प्रसाद सेर्मा र आमा अम्बिका सेर्माले नगद रुपैया अतिथिहरु बाट प्रमण्पत्र बितरण गरेको जनैएको छ । त्यसैगरी धनबर्ण हङ्समाया आङ्देम्बे चेम्जोङ छात्रवृत्ति अक्षयकोष बाट सन्तोस लावती , दिया देवान, राजकुमर राई ,मनिका निरौला र कटृना भन्डारीलाई अक्षकोषदाता जितेन्द्रराज चेम्जोङ्ग्ले जनही १हजार रुपैया र प्रमणपत्र र बितरण गरे । शिक्षाको उज्यालो घाम बाट कोहि पनि बिध्यर्थी बन्चित हुन नपरोस भनी आफ्ना दिवङ्गत परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको अक्षयकोष दाताहरुले बतएका छन ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख चन्द्रकुमार सेर्माले नगरलाई शिक्षित र समृद्धि बनाउन शिक्षाको क्षेत्रमा धेरै बजेट बिनियोजन गरेको र आगमी बर्षमा पनि गर्दै जाने बताए ।उनले बालसेवा आधरभुत बिध्यलयमा तल्लो कक्षामा शिक्षक को आवस्यक रहेकोले दरबन्दीको लागि पहल गर्ने बताए ।आफू पनि यश बिध्यालयको पुर्ब बिध्यार्थी रहेकोले यहाको शैक्षिक गुणस्तरको लागि सदैब सहयोग रहने बताए ।

सोही अवसरमा गत बर्ष उत्कृष्ट अङ्क प्रप्त गरि उतिर्ण हुने कक्षा १देखि कक्षा ७सम्मक बिध्यर्थी हरुलै पुरस्कृत गरियेको शिक्षक मुकेश यदबले बताए ।प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बिध्यलयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक महासंघ झापा जिल्ला सहध्य्क्ष छबिलाल दवाडी ,शिक्षक महासंघ शिबसताक्षीका सचिब गोबिन्द कफ्ले ,भानु माबी का प्र अ डामकुमार कुवर को सहभगिता रहेको कार्यक्रमको अध्यक्षता निबर्यमान बिध्यलय ब्यबस्थपन समितिक अध्यक्ष नरेन्द्र चेम्जोङ को रहेको थियो भने कर्यक्रम शिक्षक सन्तोष खत्रीले सन्चलन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here