आज देखि सुरू हुदै साताै दमक फुड फेस्टिबल

0
378

दमक/ दमकमा  आज  देखि एक साता सम्म दमक फुड फेस्टिबल सञ्चालनको तयारी पूरा भएको छ । होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार फेस्टीबलमा खानाका परिकारहरुसंगै स्थानीय हस्तकला तथा कृषि उपजहरुको प्रदर्शनीसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन । फेस्टीबलको प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री राम रानाले उदघाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

दमक बसपार्क नजिकै महोत्सवस्थल सिंगार्ने काम सकिएको छ भने कूल ४७ वटा स्टलहरु बुकिङ भइसकेका अध्यक्ष दंगालले बताए । २९ फागुन सम्म सञ्चालन हुने सो फेस्टीबलमा एक लाख बढी सर्वसाधारण प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको फेस्टीबल व्यवस्थापन मूल समितिका संयोजक भुपेन्द्र न्यौपानेले बताए । न्यौपानेको संयोजकत्वमा रहेको मूल समिति र अन्य विभिन्न उपसमितिहरुले तिब्र गतिमा व्यवस्थित रुपले तयारी पूरा गरेको प्रचार प्रसार समितिका संयोजक काजी राउतले बताए ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने बताइएको छ । फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ । बर्षेनी आयोजना गरिँदै आएका फेस्टिबलहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरु आकर्षकका रुपमा रहने प्रचार प्रसार संयोजक राउतले जनाएका छन । फेस्टिबलको पहिलो दिन भोली राष्ट्रिय कलाकार गायिका सृजना खत्रीसहित अन्य स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here