शुभकामना ज्वेलरीकाे स्कुटर उपहार याेजना

0
303

दमक / दमकमा सफल व्यवसायीको पहिचान बनाएका सामाजिक तथा व्यवसायिक व्यक्तित्व चन्द्र गजमेरले शिवरात्री पर्वको अवसर पारेर सुनचाँदीको कारोबार शुरु गर्दैछन ।

यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोकमा सुनका गहना उत्पादन तथा विक्री वितरण गर्ने उद्धेश्यले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने भएका हुन ।

सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गते सम्म २५ हजार मुल्य भन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार समेत राखिएको गजमेरले बताए ।

उनका अनुसार २५ हजार मुल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितीमा शिलबन्दी बक्सामा सुरक्षित राखेर शुभकामना ज्वेलरीको प्रथम बार्षिकोत्सवका दिन विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा भाग्यशाली कुपन तानेर टिभिएस कम्पनीको स्कुटर उपहार स्वरुप प्रदान गरिनेछ । सो ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here