व्यवसायसंगै समाजसेवामा दमकका गजमेर दम्पत्ती

0
305

दमक / दमकमा सफल व्यवसायीको पहिचान बनाएका सामाजिक तथा व्यवसायिक व्यक्तित्व चन्द्र गजमेरले शिवरात्री पर्वको अवसर पारेर सुनचाँदीको कारोबार शुरु गर्दैछन ।

यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक ( साविकको मामा चोक) नजिकै शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कार्यालय समेत रहेको निजी निवासमा नयाँ व्यवसायका रुपमा सुनका गहना उत्पादन तथा विक्री वितरण गर्ने उद्धेश्यले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने भएका हुन ।

उनले दक्ष, विश्वसनीय र सीपयुक्त कालिगढ मार्फत गरगहना उत्पादनसंगै विक्री वितरण गर्ने लक्ष्य राखिएको बताए । उदघाटनको अवसर पारेर शुभकामना ज्वेलरीले ग्राहकहरुका लागि विशेष उपहार समेत राखेको छ । सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गते सम्म २५ हजार मुल्य भन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार समेत राखिएको गजमेरले बताए ।

उनका अनुसार २५ हजार मुल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितीमा शिलबन्दी बक्सामा सुरक्षित राखेर शुभकामना ज्वेलरीको प्रथम बार्षिकोत्सवका दिन विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा भाग्यशाली कुपन तानेर टिभिएस कम्पनीको स्कुटर उपहार स्वरुप प्रदान गरिनेछ । सो ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए ।

को हुन गजमेर परिवार ?

दमकको सामाजिक तथा व्यवसायिक क्षेत्रमा स्थापित नाम हो चन्द्र गजमेर र पत्नी रेनुका थापा ( गजमेर) । विसं २०३५ सालमा बुबा सर्वजित र आमा बुद्धमाया गजमेरको कोखबाट माइला सुपुत्रका रुपमा धनकुटाको साविक ६ नम्बर बुधबारे हालको चौविसे गाउँपालिका वडा नं १ मा जन्मिएका गजमेरको परिवार २०५४ सालतिर दमकको साविक वडा नं १५ मा बसाइँ सरि आएको हो ।

हाल दमक ६ मा स्थायी बसोबास गर्दै आएका गजमेर शुभकामना वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन । यस बाहेक उनको पहिचान सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय सञ्जाल भएको लायन्स क्लब इन्टनेशनलसंग पनि जोडिएको छ । ८ बर्ष अघि लायन लिडरहरुको संगतबाट लायन्सको सदस्य बनेका उनी ५ बर्षको अवधिमै लायन्स क्लब दमक माउण्ट एभरेष्टको अध्यक्ष बने । अहिले सो क्लबको बोर्ड आफ डाइरेक्टरका रुपमा रहेका उनी व्यवसायिक क्षेत्रमा भने ट्रयाक्टर व्यवसायीका रुपमा प्रवेश गरेका हुन । दमकमा व्यवसायिक कारोबार गर्न त्यति सजिलो थिएन उ बेला । चन्द्र गजमेरले मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययनपछि विदेशको बाटो पनि रोजे । पुख्र्यौली सम्पत्ती बिना पनि आफनै परिश्रमले केही गर्नुपर्छ भन्ने सोच आयो, पुँजीको आवश्यकता खडकियो, ६ बर्ष दुवई बसें , अहिले सम्मको सबै उपलब्धि आफनै मेहेनत र परिश्रमको फल हो– गजमेरले आफनो संघर्षपूर्ण जिवनको इतिहास बारे छोटकरीमा भने । आफना हरेक सफलताका पछाडी परिवारको सहयोगी र उदार भावना कारकका रुपमा रहेको उनको बुझाई छ ।

मेरा हरेक काममा उनी ( श्रीमति रेनुका थापा)को साथ सहयोग छ, एक्लैले यो सबै सम्भव हुने कुरै भएन – गजमेरले खुलेर भने । गजमेरले शुभकामना कृषि फर्म समेत सञ्चालन गरेर कृषि उद्यमलाई अघि बढाइरहेका छन । उनले दमकका दुई स्थानमा त्यस किसिमका कृषि फर्म सञ्चालन गर्दै स्थानीयस्तरमा रहेको बेरोजगारी समस्याको हल गर्न पनि योगदान गरिरहेका छन । उनको नेतृत्वमा सञ्चालन गरिएको सहकारी, कृषि फर्म लगायत व्यवसायिक फर्महरुमा अहिले दुई दर्जन बढीले प्रत्यक्ष रोजगारीको अवसर पाइरहेका छन । गजमेरले व्यवसायका क्षेत्रलाई फराकिलो बनाउने क्रममा यातायात व्यवसायीको समेत पहिचान बनाएका छन भने पछिल्लो समय दमकमा घर जग्गाको कारोबार गर्नेमा गजमेर अग्रपंक्तिमा आउँछन ।

बिद्यार्थीलाई निरन्तर सहयोग

गजमेरले व्यवसायिक क्षेत्रबाट गरेको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा समेत खर्चिइरहेका छन । लायन्स क्लबमा आवद्ध भएर सामाजिक सेवाप्रति झुकाव बढाएका गजमेरले पुख्र्यौली थलो धनकुटाको बालजन्य प्राथमिक बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई बर्षेनी शैक्षिक सामाग्री र बिद्यालय पोशाक उपलब्ध गराउँदै आएका छन । शुरुमा ४० जना बिद्यार्थीबाट शुरु गरेको त्यस किसिमको सहयोग प्रदान गर्ने क्रमलाई यो पटक पाँचौ बर्ष सम्म निरन्तरता दिदैं छन । बर्षेनी सबै बिद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक दिदैं आएका उनले सके सम्म यो सहयोगलाई निरन्तरता दिने आफनो सोच रहेको बताए । उनकै अगुवाईमा ६ नम्बर बुधबारेस्थित प्रहरी कार्यालयमा लायन्स क्लबका लिडरहरु अजय अग्रवाल, बबरजंग थापा लगायत, दमकका व्यवसायीहरुको समेत संलग्नतामा मन्दिर निर्माण गरेर हस्तान्तरण गरि सकिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here