प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

0
200

शिवसताक्षी /  झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।

क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर शुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो । कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ ।

नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्यक्ष सेलिङ केसीले बताउनुभयो । शिवसताक्षी क्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले पाँच वर्षअघि सो क्लब स्थापना गरेका हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here