माघ २७ गते देखि फागुन १ गते सम्म धिमाल फुड फेष्टिबल हुदै

0
477

दमक / धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ ।

आगामी माघ २७ गते देखि फागुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवशको रुपमा धिमाल फुड फेष्टिबलको आयोजना गर्न लागेको दमकमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहने छन् भने ति स्टलमा विभिन्न जातिय खानाहरु विक्रि तथा प्रदर्शन गरिने छ ।

फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जनाउनु भएको छ ।

चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिनुभयो ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाउनु भएको छ । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here