संचारकर्मी जीवन चुडाल सहित दुई व्यवसायी सम्मानित

0
538

दमक/ दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा दुई जना सफल व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

संघले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्धय इन्द्रसेन अग्रवाल र इन्दिरा बाँस्कोटा ( भट्टराई) लाई सम्मान गरेको हो ।

त्यसैगरी संघको आजिवन सदस्यता प्राप्त गर्ने दमकका स्थापित बिद्युत व्यवसायी ( शुभश्री इलेक्ट्रीकल्स) तथा लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दयासागर आचार्य र विष्णु किरानाका प्रोप्राइटर विष्णु साह तेलीलाई पनि सम्मान गरिएको छ ।

आचार्य र साहले संघको आजिवन सदस्यता लिई जिवनभर व्यवसायमा समर्पित रहने निधो गरेका कारण उनीहरुलाई आजिवन सदस्यता प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं साधारण सभा तयारी उपसमिति संयोजक गोपाल गुरागाइँले जानकारी दिए ।

सो अवसरमा उद्योग वाणिज्य संघमा प्रदेश नं. १ बाट निर्वाचित सदस्यहरुलाई सम्मान गरीएको थियो ।

सभाकै अवसरमा दमकको उद्योग व्यवसाय क्षेत्रमा कलम चलाएर सञ्चारका माध्यमबाट योगदान पुरयाए बापत पत्रकार जिवन चुडाललाई पुरस्कृत गरिएको छ । संघले विगत ४ बर्षयता हरेक बर्ष साधारण सभाको अवसरमा एक जना पत्रकारलाई वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

सभाको अवसरमा उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/ नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्य र संघका अध्यक्ष गोकुल श्रेष्ठको सभापतित्वमा आयोजित सभामा वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here