दमक उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा सम्पन्न

0
648

दमक । दमक उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठले वार्षिक साधारणसभामा कोरोनाको कारण थला परेका औद्योगिक क्षेत्र पुनरुत्थान गर्ने विषयमा सरकारले कुनै पनि गतिविधि सञ्चालन नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । देशको आर्थिक वृद्धिदर साढे आठ प्रतिशतले हुने सरकारले प्रक्षेपण गरे पनि कोरोना कहरका कारण अर्थतन्त्र संकटमा परेको बताउनुभयो ।

दमक–रवि–चिसापानी सडक दमकको विकासका निम्ति कोशेढुंगा सावित भनुे भएकोले सरोकारवाला निकायलाई बारम्बार घच्घच्याउने काम भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपालमा नै नौलो र पहिलो योजनाका रुपमा लाग गरिएको व्यवसायिक हितकोष कार्यक्रम अन्तर्गत यस वर्ष ३ जना व्यवसायीको निधन भई जनही एक लाखका दरले र १७ जना व्यवसायीका परिवारका सदस्यको मृत्यु भई २५ हजार रुपैयाँका दरले तथा अन्य तीन जना व्यवायीको आगलागी, चोरी तथा अन्य विविध कारणले व्यवसायमा क्षति पुगेकोले राहत तथा सेवा सुविधा वापतको रकम वितरण गरेको बताउनुभयो ।

कायसमितिका प्रथम उपाध्यक्ष राजु खड्काले साधारणसभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रथम उपाध्यक्ष खड्काले गत आर्थिक वर्षमा संघले गरेका कार्य प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।

सोही अवसरमा संघले आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा सहताका लागि बिर्तामोडमा रहेको बि एण्ड सि अस्पताल संग औषधी सहित स्वास्थ्य उपचारमा १० प्रतिशत छुटका लागि सम्झौता समेत गरेको छ ।

संघले आगामी दिनमा नगरमा सिसि क्यामरा जडान, सडक वत्ति थप जडान, इलम प्रशिक्षण केन्द्र भौतिक पूर्वाधार निर्माण, विपत व्यवस्थापन कोष स्थापना लगायतका कामहरुलाई अगाडि बढाईने पनि उपाध्यक्ष खड्काले जनाउनुभयो ।

दमक उद्योग वाणिज्य संघले लेखा समितिको तर्फबाट आ.व. २०७६/७७ को लेखा प्रतिवेदन प्रस्तुत गरिनुका साथै तृतीय उपाध्यक्ष रमा लिम्बूले संघको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा दुई जना उत्कृष्ट दुई व्यवसायी, सञ्चारकर्मी जीवन चुडाल र उद्योग वाणिज्य संघमा प्रदेश नं. १ बाट निर्वाचित सदस्यहरुलाई सम्मान गरीएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here