थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
173

काठमाडौँ, २० / देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९४६ को स्वास्थ्य परीक्षण गर्दा ७१ महिला र १०० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५९ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । अहिले देशभर दुई हजार ४०० सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९८ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी दुई हजार ४०० आइसोलेसनमा, ६८ जनाको आइसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पिसिआर परीक्षण भएको छ ।

थप एकको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एकले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here