कुमारको ‘नबोली जित्छौ तिमी’ सार्वजनिक

0
407

काठमाडौमा रहेर संगीत क्षेत्रमा संघर्षरत गायक कुमार दवाडीको स्वरमा रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

दमक घर भएका गायक दवाडी शिक्षण र संगीत क्षेत्रमा क्रियाशिल रहँदै एक दशक देखि काठमाडौमा रहेका छन् । उनले गाएको गीतमा चर्चित सञ्चारकर्मी तथा मोडल नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन् । भिडियोमा दरवार बाहिरकी रानीको कथा समेटेको छ ।

गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दिपक भट्टराइको सहकार्यमा यस अघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन् ।

गायक दवाडीको सोलो एल्बम छिट्टै सार्वजनिक गर्ने पनि तयारी रहेको छ । गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here