व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

0
281
Dof/fygdf k|yd dxt/f bdf}nL, !^ df3 tgx'Fsf] Jof; gu/kflnsfsf] cfof]hgfdf z'qmaf/ cfof]lht rf}yf] Jof; cN6«f Dof/fygdf k|yd x'g ;kmn lqe'jg cfdL{ Snjsf b]j/fh dxt/f . Jof; gu/kflnsf–% dfg'ªsf]6b]lv Jof; gu/kflnsf–* k'lnd/fª;Ddsf] $$ lsld b"/L pxfFn] tLg 306f tLg ldg]6 %! ;]s]08df k"/f ug'{eof] . t:jL/M s[i0f Gof}kfg], /f;;

दमौली, १६ माघ  / तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जित्नुभएको छ । व्यास–५ मानुङदेखि वडा नं ८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै महताराले जित्नुभएको हो ।

कालीकोट निवासी महतारा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय हुनुभएको छ । राईले उक्त दूरी तीन घण्टा आठ मिनेट एक सेकेण्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गर्नुभएको छ । द्वितीय हुने राई गत वर्षका विजेता हुनुहुन्छ ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यस पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा जाँचविन्दु स्थापना गरिएको थियो । व्यास–४ व्यास रेञ्ज पोष्ट, व्यास –१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल एक हजार ७००, व्यास–८ रिस्ती सोतीबेंसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा जाँचविन्दु स्थापना गरिएको थियो ।

गत वर्ष म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतारा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here