सबै नागरिकलाई निशुल्क खोपः प्रधानमन्त्री

0
303

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताउनु भएको छ । बुधबार कोरोनाविरुद्धको खोपको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले माघ १८गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान पनि गर्नुभयो । भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिशिल्ड खोप लगाउने अभियान आजबाट सुरु भएको हो ।

कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु भएको छ । सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई पहिलो चरणमा खोप लगाउने बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here