सुयाेग खरेलकाे नेतृत्वमा दमक जेसीज, पदभार तथा सपथ ग्रहण सम्पन्न (फाेटाे फिचर )

0
424

दमक/ दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

 

पद हस्तान्तरण समारोहमा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्य र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको विशेष आतिथ्यता रहेकाे थियाे ।

 

निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक कार्यकारी उपाध्यक्षमा रमेश लुइटेल र राम चन्द्रअधिकारी, उपाध्यक्षमा प्रकाश थापा,लाेकेश सापकाेटा,बिनाेद उप्रेती र असाेक श्रेष्ठ रहेका छन् ।

त्यसै गरी महासचिवमा निरोज आचार्य, सचिबमा सुनिता अाचार्य, काेषाध्यक्षमा सन्दिप बस्नेत, प्रकरण निर्देशकमा उमेश गजमेर, तालिम निर्देशकमा सहदेव भट्टराइ,  कानुनी सल्लाहकारमा सन्दिप न्यौपाने र जन सम्पर्क अधिकारीमा राजेन्द्र बिमली मनाेनित भएकाे बर्ष २०२० का महासचिब सन्जिव बरालले जानकारी दिए ।

सो अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्धय भोलेश्वर दुलाल, प्रकाश अधिकारीसहित पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्था एवं निकायका प्रतिनिधि तथा प्रमुखहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here