लायन्स क्लबले दिए सामुदायिक बिद्यालयलाइ अत्यावश्यक सामाग्री

0
220

दमक/ झापाको दमक र लखनपुर क्षेत्रमा क्रियाशील चार वटा लायन्स क्लबहरुले संयुक्त रुपमा आज मोरङको उत्तरी ग्रामिण भेगमा रहेको एक सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको सुविधाका लागि सहायता सामग्री प्रदान गरेका छन ।

लायन्स क्लब इन्टरनेशनल ३२६ ए वानका मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्री, डिस्ट्रीकका भाइस गभर्नर रेवत कार्की, इभेन्ट मेनेजमेन्ट चिफ बबरजंग थापा ( किरण) लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा लायन्स क्लब दमक–लखनपुर, गरिमा, दमक एक्टिभ र दमक मिडटाउन र लियो क्लब अफ लखनपुर दमकले संयुक्त रुपमास्थानीय जनता आधारभुत बिद्यालयमा नै पुगेर ति सामग्री पुरयाएर हस्तान्तरण गरेका हुन ।

ति चार वटै क्लबलाई हाल जोन चियर पर्सन ज्ञानु पौडेलले नेतृत्व प्रदान गर्दै आएका छन । वीइ सर्भको नारासहित सञ्चालित अन्तराष्ट्रिय सञ्जाल भएको लायन्स क्लबले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने अनूभुति गराउन सफल भएको लायन्स अभियान्ताहरुले बताए । जोन चियर पर्सन पौडेलले आफू मातहतका क्लबहरुले मानवीय सेवाको भावना राखेर बिद्यालयमा स्टेसनरी,म्याट,खाद्यन्न,फिल्टर, स्वीटर ,टोपी, सेनेटरी प्याड लगायतका सहायता सामग्री संयुक्त रुपमा प्रदान गरेको जानकारी दिए । प्रदान गरिएका सामग्रीहरु लायन्स क्लबका सदस्यहरुले स्वैच्छिक रुपमा सहयोग रकम संकलन गरेर खरिद गरिएको पौडेलले बताए ।

दमकका व्यवसायी तथा लायन्सकर्मी नरेन खडका , अन्जना ताम्राकार लगायतको सहयोग महत्वपूर्ण रहेको उनले आफनो फेसबुक वालमा उल्लेख गर्दै धन्यवाद प्रकट गरेका छन । सहायता सामाग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा लायन अभियान्ताहरु खत्री , कार्कीसहित जोन चियर पर्सन पौडेल, लायन्स क्लब लखनपुर दमकका अध्यक्ष हेमसिंह अधिकारी, एक्टिभकी अध्यक्ष विन्दा खनाल, मिड टाउनका अध्यक्ष बद्री बराल र गरिमाका सेक्रेटरी दिनेश सुवेदीले प्रतिनिधित्व गरेका थिए । लायन्स क्लब लखनपुर दमकका अध्यक्ष हेमसिं अधिकारीको सभापतित्व र सेक्रेटरी दिपक खडकाको सञ्चालनमा भएको सो कार्यक्रममा ति सामग्री बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here