योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न

0
248

दमक / झापाकाे दमकमा  योगदानमा आधारित सामाजिक सुरक्षा याेजना र काेषमा अाबद्वता विषयक अन्तरक्रिया सम्पन्न भएकाे छ ।

दमक उधाेग वाणिज्य संघकाे संमन्वय र श्रम राेजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा काेषकाे अायाेजनमा भएकाे उक्त अन्तरक्रिया दमक उधाेग वाणिज्य संघकाे सभाहलमा सम्पन्न भएकाे हाे ।

अन्तरक्रिया कार्यक्रममा काेष कसरी सहभागी हुने, सुरक्षा याेजना, अाबद्व भए पछिका फाइदा लगायतका बिषयमा जानकारी गराइएकाे थियाे ।

कोषबाट सञ्चालन हुने स्किममा समावेश औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि औषधि उपचार तथा स्वास्थ्य सेवाको सुविधा प्राप्त गर्न ६ महिना योगदान गर्नु पर्ने र मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नु पर्ने जनाइएकाे छ ।

श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ । रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्किममा समावेश भएको छ ।

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधा अन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जिवित रहेसम्म निवृत्तिभरण (पेन्शन) र १८ वर्ष उमेर पुरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था गरिएको  जानकारी गराइएकाे थियाे ।

यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्किममा समावेश गरिएकाे जानकारी दिएको छ ।

योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ता जिवित रहेसम्म निवृत्तिभरणको व्यवस्था समेत गरिएको छ ।

यी सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनु पर्ने जनाइएको छ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनु पर्ने लगायतका बिषयमा कार्यक्रममा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ, दमक उधाेग वाणिज्य संघका कार्यसमिति सदस्य, स्थानिय ब्यापारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here