दमकको सुरक्षा ब्यवस्थालाई अझै मजबुत बनाउछु : डिएसपी कार्की

0
415

दमक, ५ माघ /   झापाको दमकमा सरुवा भई आउनु भएका नयाँ प्रहरी नायव उपरिक्षक डिएसपी नवराज कार्कीले आज पत्रकार संग परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

 

दमकलाई कार्य क्षेत्र बनाएर काम गरिरहनुभएका एक दर्जन बढी पत्रकार संग कार्कीले आज बिहान ईलाका प्रहरी कार्यालय दमकमा परिचयात्मक कार्यक्रम गर्नुभएको हो ।

उहाले पत्रकार संग दमकका समस्या र चुनौतीका बिषयमा जानकारी लिनुभएको थियो । उपस्थित पत्रकारहरुले दमकमा बढिरहेको लागु औषध कारोबार, काठ तस्करी, सडक दुर्घटनाका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए । साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट दिने गरेको भन्दै दमकको घटनाको सुचना जिल्ला बाट नभई दमक बाटै लिन पाईने ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै डिएसपी कार्कीले अघिल्ला चरणमा के भए त्यसलाई बिर्सिएर आगामी दिनमा सुचना दिने कार्यलाई प्रभावकारी बनाईने प्रतिबद्धता जनाउनुभएको थियो । दमकको सुरक्षा ब्यवस्थालाई अझै मजबुत र प्रभावकारी बनाउने कार्कीको भनाई थियो । उहाले पत्रकारहरुलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here