कोरोना बीमाको दाबी रकम हस्तान्तरण

0
300

दमक, २३ पुस / लुम्विनी ईन्स्योरेन्स कम्पनी दमक शाखाले एक कार्यक्रम गरि कोरोना बिमा गरेका विमितहरुलाई बिमा बापतको रकम प्रदान गरेको छ ।

शाखा प्रमुख कुमार गजुरेलले १० जना विमितलाई एक- एक लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । कोरोना विमा गरेका र संक्रमण पुष्टि भएकाहरुलाई सवै प्रकृया पूरा गरि रकम प्रदान गरिएको उनले बताए । आफ्नो कम्पनी मार्फत विमा गरेका अन्य विमित संक्रमितहरुको पनि रकम आउने क्रममा रहेको उनले बताए । कम्पनीहरुले कोरोना विमा बापतको रकम प्रदान गर्न आलटाल गर्छन् भन्ने मान्यता हटाउन जरुरी समेत रहेको उनको भनाई छ ।

विमा रकम बुझ्दै दमक स्थित आस्था कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले विमा कम्पनीहरुबाट भन्दा पनि स्थानीय तहबाट हुने प्रकृया बढि झण्झटिलो रहेको पाएको बताएका थिए ।

http://https://www.facebook.com/doonlinetv/videos/1045165092676638

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here